रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम

रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम

मुसिकोट । रुकुम पश्चिममा पहिलो पटक एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ ।  पछिल्लो समय कोरोना भाइरस बाट संक्रमित भएका बिरामीहरुका साथै अन्य बिरामीहरुलाई अस्पताल सम्म पु¥याउदा चालकले मनोमानी रुपमा भाडा लिने गरेको गुनासो पटक पटक आएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा पहिलो पटक नयाँ भाडादर कायम गरेको छ ।

पटक-पटक एम्बुलेन्स संचालकहरुले मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले केहि दिन अघि उपयुक्त भाडादर सिफारिस गर्न तथा एम्बुलेन्स व्यवस्थापनका सम्बन्धमा अन्य सुझाव दिन एक समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले मंगलबार स्वास्थ्य सेवा कार्यालय सल्ले र मुसीकोट नगरपालिका क्षेत्रबाट देशका विभिन्न ठाउँको नयाँ भाडादर कायम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिनुभयो ।

यस्तै समितिले कोभिड-१९ बिरामी र अन्य बिरामीहरुका लागि पनि छुट्टा छुट्टै भाडा तोकिएको छ । अन्य बिरामीका लागि कच्चि बाटोमा प्रतिकिलोमिटर २ सय र पक्की बोटोमा प्रतिकिलोमिटर ७५ रुपैंया भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवाले जानकारी दिनुभयो ।

त्यस्तै कोभिड संक्रमित बिरामी बोक्दा एम्बुलेन्सहरुले २५ प्रतिशत बढी भाडा लिन पाउने छन् । कोभिडका बिरामी बोक्दा एम्बुलेन्सहरुले कच्चि बोटोमा प्रतिकिलोमिटर २ सय २५ र पक्की बाटोमा १ सय रुपैँया भाडा कायम गरेको हो । उल्लेखित भाडालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित एम्बुलेनस सञ्चालकलाई अनुरोध गरिएको छ । उल्लेखित भाडादर भन्दा बढी भाडा लिएको पाइएमा प्रचलिन कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार