आज देखि रुकुम पश्चिममा कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइदै

आज देखि रुकुम पश्चिममा कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइदै

फाईल तस्बीर

मुसिकोट । आजबाट रुकुम पश्चिममा कोरोना विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को पहिलो मात्रा लगाइदै छ । आज र भोली मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका , सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका, बाँफिकोट र त्रिबेणी गाउँपालिकामा जेठ ३० र ३१ गते लगाइने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालयले ६२ वर्ष देखि ६४ बर्ष उमेरका व्यक्तिलाई खोप लगाउन आफुलाई पायक पर्ने नजिकको खोप केन्द्रमा जान आग्रह गरेको छ । बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म खोप केन्द्रहरुबाट खोप लगाउन सकिने छ । पहिलो चरणमा जिल्लामा २ हजार ४ सय २४ जनालाई लगाईने बताएको छ ।

खोप लगाउन जाँदा अनिवार्य नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिस साथमा लिई खोप लगाउन आउन आग्रह गरेको छ।

खोप सम्बन्धि स्वास्थ्य सेवा कार्यालयले जारी गरेको सूचना

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार