लकडाउन एकसाता थपिने, मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउन एकसाता थपिने, मन्त्रिपरिषद् बैठक बस्दै

चैत २२  काठमाडौं

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो अपराह्न ४ चार बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउने र चिकित्सा सामग्री खरिद् गर्ने लगायतका विषयमा निर्णय हुने बताइएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको स्रोतले जानकारी दियो ।

सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार