आठबिसकोट नगरपालिकाका ६२ जनाले लगाए भेरोसेल खोप

आठबिसकोट नगरपालिकाका ६२ जनाले लगाए भेरोसेल खोप

आठविसकोट । रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा कोरोना भाइरस विरुद्धको भेरोसेल खोप पहिलो मात्रा डोज आइतबार ६३ जनामा लगाइएको छ ।
भेरोसेल पहिलो मात्राको खोप ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका लाई खोप दिइएको हो । आइतबार पहिलो दिन नगरपालिमा भरी ६३ जनालाई खोप लगाएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा प्रमुख मनिराज शाहले जानकारी दिनुभयो ।

पहिलो दिन स्वास्थ्य चौकी स्यालखदिमा २ जना पुरुष, स्वास्थ चौकी गोतामकोटमा १ जना महिला, २ जना पुरुष, स्वाथ्य चौकी घेत्मामा ४ जना महिला ५ जना पुरुष स्वास्थ्य चौकी डाँडागाउमा १ जना महिला र आठबिसकोट नगर अस्पतालमा १८ जना ३० जना पुरुषलाई खोप दिइएको छ नगरपालिका भरी जम्मा ६३ जनालाइ भेरोसेल पहिलो चरणको खोप दिइएको सयोजक शाहले बताउनु भयो ।

त्यस्तै आठबिसकोट नगरपालिकामा जम्मा ४ सय ७५ जनाको लागि खोप आएकोमा स्वास्थ चौकी स्यालाखदिमा ६० भायल , स्वास्थ्य चौकी गोतामकोट मा १ सय भायल , स्वास्थ चौकी आठबिसडाँगाउमा ९० भायल स्वास्थ्य चौकी घेत्मामा ६५ भायल र आठबिसकोट नगर अस्पतालमा १ सय ६० भायल उपलब्ध भएको थियो । आइतबार छुटेकाहरुलाइ आज १० बजे देखि ५ बजे सम्मा खोप दिइने अस्पताल श्रोतले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार