काेराेना भाइरस सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

 काेराेना भाइरस सङ्क्रमणकाे अर्को चरणकाे कल्पना नै नगरि थप सचेत रहन सुझाव

काठमाण्डाै – काेराेना भाइरस अर्थात् काेभिड १९ काे सङ्क्रमणलाई समुदायमा फैलिन नदिन थप सचेत बन्न डाक्टरहरुले सुझाव दिएका छन् ।

शनिबार थप तीन जनामा काेराेना सङ्क्रमण पुष्टि भएपछि दाेस्राे चरणमा पुगेको र अब समुदाय–समुदायमा राेग फैलन नदिनेतर्फ गम्भीर बन्नुपर्ने अवस्था आएकाे डाक्टरले बताएका हुन् । साथै डाक्टरहरुले सङ्क्रमणकाे अर्काे चरणको कल्पना नेै नगरि सुरक्षाका सबै उपायहरु अपनाउन पनि आग्रह गरेका छन् ।

सरुवा राेग विशेषज्ञ डाक्टर बाबुराम मरासिनीले सङ्क्रमण समुदायमा थप फैलिने जाेखिम बढेकाे भन्दै सङ्क्रमणलाई राेक्न सचेतना अपनाउनुपर्ने बताउनुभयाे ।उहाँले सङ्क्रमणकाे अबकाे अवस्था अनुमान गर्न नसकिने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयाे ।

काेराेना सङ्क्रमण दाेस्राे चरणमा प्रवेश गरेसँगै नियन्त्रण र राेकथामकाे चुनाैती थपिएको मरासिनीकाे भनाइ छ । व्यक्ति, परिवार र पालिका चनाखो भए सङ्क्रमण नफैलिने भन्दै उहाँले सबैले सचेतना अपनाउनुपर्ने बताउनुभयाे । सरकारले पनि अहिलेकाे अवस्थालाई गम्भीर रुपमा लिएर राेग फैलिन नदिन व्यवस्थापनलाई बढी ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

डाक्टर मरासिनीले विदेशबाट आएकाहरुकाे स्वास्थ्य जाँच, क्वरेण्टीनमा बसेकाे वा नबसेकाे निगरानी, उनीहरुले भेटघाट गरेका व्यक्तिको अवस्था, पालिकाबाट निगरानी, सम्भव भएसम्म सुरक्षाका उपाय अपनाएर महिला स्वयंसेविका परिचालन गरी घरघरमा सचेतना बढाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले क्वरेण्टीनमा बसेकाहरुले पनि आवश्यक सतर्कताका उपायहरु अपनाउनुपर्नेमा जाेड दिनुभयाे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले राेग फैलिन नदिन हाेम क्वरेण्टीनकाे विकल्प नभएको बताउनुभयाे । उहाँले भारत तथा विदेशबाट आएकाहरु क्वरेण्टीनमा बसेकाे वा नबसेकाे बारे निगरानी गर्न पालिकालाई भनिएको पनि जानकारी दिनुभयाे ।

महानिर्देशक श्रेष्ठले अहिले छिमेकी देश भारतबाट जाेखिम माेलेर नेपाल नआउन पनि आग्रह गर्नुभएको छ । लकडाउनकाे पूर्ण रुपमा पालना गर्ने र सतर्कता नअपनाए काेराेना सङ्क्रमण बढ्न सक्नेतर्फ सचेत रहन पनि उहाँको सुझाव छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार