कर्णाली प्रदेशमा आमसञ्चार नीति बनाइने

कर्णाली प्रदेशमा आमसञ्चार नीति बनाइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आमसञ्चार नीति बनाउने भएको छ । प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उक्त कुरा वताउनुभएको छ ।

नेपाल पत्रकार महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशको सञ्चार नीतिबारे संवाद कार्यक्रममा कानुनमन्त्री नेपालीले कर्णाली प्रदेशमा आमसञ्चार नीति वनाउने वताउनुभएको हो ।

कर्णालीमा आमसञ्चार नीति नवनेको हुनाले सरोकारवालाको सहभागीतामा कर्णाली सुहाउदो सञ्चार नीति निमार्ण गरिने मन्त्रि नेपालीले वताउनुभयो । सरोकारवालाको प्रत्येक्ष सहभागीतामा वनाउने कानुन वढि प्रभावकारी हुने भएकोले प्रदेश सरकारले सवैको सहभागीतामा सञ्चार कानुन वनाउने धारणा ब्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा सञ्चार निति आवश्यक भएकोले सरकारले तत्काल यसको आवश्यक प्रक्रिया अगाडी वढाउने जानकारी दिनुभयो ।

कार्यक्रममा  पत्रकार महाँसघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले सञ्चार नीतिको आधारमा आवश्यक कानुन, संरचना र कार्यक्रम निर्माण तथा तय हुने भएकोले यथाशक्य छिटो नीति तर्जुमा गरिनुपर्ने बताए । ‘संविधानले दिएको अधिकारको आधारमा प्रदेशमा कस्तो सञ्चार नीति बनाउने भन्नेबारे सरकारले प्रक्रिया सुरु गर्न ढिलाइ गर्नुहुँदैन,’ उनले भने, ‘कर्णालीमा यहाँको भूगोलमैत्री र श्रमजीवी पत्रकारमैत्री नीति बन्नुपर्छ ।’

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, प्रदेश सचिव दीपक बुढा, जिल्ला अध्यक्ष ललित बसेल, शाखाका पूर्वअध्यक्ष श्रीधर पौड्याल, अधिवक्ता दुर्गाप्रसाद सापकोटा लगायतले सञ्चार नीतिको आवश्यकता र त्यसको स्वरुपबारे धारणा राखेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार