त्रिवेणीका २० भैसीपालक किसानलाई मुर्रा जातका भैंसी हस्तान्तरण

त्रिवेणीका २० भैसीपालक किसानलाई मुर्रा जातका भैंसी हस्तान्तरण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका २० जना किसानलाई मुर्रा जातको कृषकलाई भैंसी वितरण गरिएको छ ।

पशु सेवा कार्यालय तथा पशु सेवा अस्पताल र कृषकको संयुक्त साझेदारीमा गाउँपालिकाले संचालन गरेको भैंसी प्रवद्र्धन कार्यक्रमबाट भैसी बितरण गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नम्वर ८ का २० जना कृषकलाई एक एक वटा भैंसी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस कार्यक्रमका लागि पशु सेवा कार्यालय तथा पशु सेवा अस्पतालको २० लाख, २० जना कृषकको एकमुष्ट ७ लाख गरी २७ लाखको लगानी रहेको छ । त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगरका अनुसार दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यावसायिक रुपमा कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भैसी वितरणको कार्यक्रम राखिएको हो । सोही अनुसार नै भारतको नानपाराबाट ल्याएका २० वटा मुर्रा जातका भैंसी खरिद गरी कृषकलाई वितरण गरिएको अधिकृत पुनले बताउनुभयो ।

शनिबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले एक कार्यक्रमका बिच किसानहरुलाई भैसी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पशु सेवा कार्यालय तथा पशु सेवा अस्पताल निमित्त प्रमुख ज्ञानुकुमार शर्मा, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगर लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार