किन थन्किए ७५ हजार कारोना परीक्षण किट ?

किन थन्किए ७५ हजार कारोना परीक्षण किट ?

चैत २३ काठमाडौँ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)  ले सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएका छन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।

सरकारले भने उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण गर्ने बताएको थियो।

 

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त द्रुत परीक्षण किटको गुणस्तर जाँच्न परिषद्सँग अनुरोध गरिएको यस अघि प्रेस विज्ञप्ति जारी गरेका थिए। परिषद्ले प्रयोग गर्न योग्य भनेर सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोग गरिनेसमेत उनले उल्लेख गरे।

 

तर परिषद्का उच्च अधिकारीहरूले आफूसँग द्रुत परीक्षण किटको गुणस्तर जाँच्ने क्षमता नरहेको बताएका छन्। हालसम्म परिषद्को आफ्नो कुनै प्रयोगशाला छैन, न त हामीले नेपालमा कुनै प्रयोगशालालाई मान्यता दिन सकेका छौं,’ परिषद्का एक अधिकारीले भने, किटको विश्वसनीयता जान्न सरकारले डब्लूएचओ सँग समन्वय गर्नुपर्ने देखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार