नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या, मर्मत हुँदै

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या, मर्मत हुँदै

काठमाडौँ । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।

टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ। टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार