धनगढीमा कोरोना संक्रमितलाई अस्पताल पुगाएका आफन्तको रिपोर्ट नेगेटिभ

धनगढीमा कोरोना संक्रमितलाई अस्पताल पुगाएका आफन्तको रिपोर्ट नेगेटिभ

चैत २३ धनगढी

धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यसंगै उनका दुई जना आफन्तको रिपोर्ट पनि नेगेटिभ आएको छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका ८ जना परिवारका सदस्य र दुई जना आफन्तको नमूना संकलन भएकोमा परिवारका सात जना सदस्य र दुई जना आफन्तको रिपोर्ट नेगेटिभ आएको हो।

१० जनामा ९ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपोर्ट आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। आज रिपोर्ट आएका दुई जनामा एक जनाले संक्रमितलाई मोटरसाईकलमा अस्पताल पुगाएका थिए भने एक जना संक्रमितकै आफन्त हुन्।

कोरोना संक्रमित युवकी र उनकी भाउजुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। संक्रमित युवकको दोश्रो रिपोर्ट पनि ‘पोजेटिभ’ देखाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार