ओरेकद्धारा १ सय महिलालाई राहत वितरण, अझै २ सयलाई बाँडिने

ओरेकद्धारा १ सय महिलालाई राहत वितरण, अझै २ सयलाई बाँडिने

मुसिकोट । जिल्लाको बाँफिकोट गाउँपालिकाको वडा नम्वर १ र २ का सय महिलालाई राहत वितरण गरिएको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले आईतबार र सोमबार सम्बन्धित वडा कार्यालयको सहकार्यमा १ सय महिलाई राहत उपलब्ध गराएको जनाएको छ ।

यहाँका द्वन्द्व प्रभावित, सुत्केरी, गर्भवती, अपाङ्गता भएका, अति विपन्न, एकल महिला लगायतलाई राहत सामाग्री वितरण गरिएको हो । कोरोना महामारीको कारण बढेको बेरोजगारी समस्याले दैनिक छाक टार्न मुस्किल भैरहेका परिवारलाई राहत उपलब्ध गराईएको ओरेक नेपालका जिल्ला कार्यक्रम संयोजक दिपा धितालले बताउँनुभयो ।

आईतबार बाफिकोट गाउँपालिका वडा नम्बर १ का ५० जना महिलालाई सोहि वडाका वडा अध्यक्ष हर्कु मल्लले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने सोमबार वडा नम्वर २ का वडा अध्यक्ष धनबहादुर खत्रीले सोहि वडाका ५० जनालाई राहत सामाग्री उपलब्ध गराउनुभएको थियो । वितरण गरेका राहत सामाग्रीहरुमा चामल, दाल, चना, तेल, नुन, सेनेटरी प्याड, साबुन र सरफ लगायत रहेका छन् ।

कार्यक्रम संयोजक धितालले मुसिकोट नगरपालिकाको वडा नम्वर ८ र त्रिवेणी गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ मा पनि यसैगरी राहत बाँड्ने कार्यक्रम रहेको जनाउनुभयो । उहाँका अनुसार जिल्लाका ३ सय जना महिलालाई राहत वितरण गरिने कार्यक्रम रहेको छ ।

राहत वितरण कार्यक्रम भित्र ५० जना महिलाहरुको लागि अत्यावश्क सुरक्षित सामाग्री (डिग्नीटी किट) पनि बितरण गरिने छ । जसमा म्याक्सी, पेटिकोट, भित्रि कपडा, टवेल, ब्रस, मन्जन, स्याम्फु, साबुन, सरफ, नङकट, लोसन, काईयो, टिका, रबर, झोला, टर्च लगायतका सामाग्री रहने ओरेकले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार