रुकुममा तीन बिद्यार्थी नेता घाईते, ११ जना पक्राउ

रुकुममा तीन बिद्यार्थी नेता घाईते, ११ जना पक्राउ

मुसिकोट । प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा तीन बिद्यार्थी नेता घाइते भएका छन् भने ११ जना पक्राउ परेका छन् । सयुक्त बिद्यार्थी संठगनले आज बेलुका रुकुम पश्चिमको सदरमुकाम खलंगामा राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले बिद्यार्थी नेतालाई पक्राउ गरेको हो ।

पुत्ला जलाउने क्रममा प्रहरीको लाठि लागेर पक्राउ अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सुशिल बिष्ट, अखिल क्रान्तिकारी जिल्ला सचिव नारायण केसी र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाईते हुनुभएको छ । उहाँहरु मध्य बिष्ट र केसीको टाउकोमा चोट लागेको छ भने सोमपालको हातमा चोट लागेको बिद्यार्थी नेता भावना शर्माले बताउनुभयो ।

घाईते बिष्ट र केसीसँगै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँहरुको रिहाईको माग गर्दै प्रहरी कार्यालयमा बिभिन्न बिद्यार्थी संगठनका नेताहरु पुगेका छन् ।

सयुक्त बिद्यार्थी संगठनको केन्द्रिय कार्यक्रम अनुसार यहाँका राजनितिक दल निकट बिद्यार्थी संगठनहरुले बेलुका पुत्ला जलाउने कार्यक्रम राखेका थिए । प्रधानमन्त्रीले संसद विघटन, असंवैधानिक तवरले विभिन्न निकायमा गरेको नियुक्ति लगायतका बिभिन्न असंबैधानिक कदम चालेको र राष्ट्रपतिले त्यसको संरक्षण गरेको बिरोधमा पुत्ला जलाउने कार्यक्रम गरिरहेका बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार