खलंगामा मसाल जुलुस

खलंगामा मसाल जुलुस

मुसिकोट । रुकुम पश्चिममा सयुक्त विद्यार्थी संगठनले संसद विघटनको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । सयुक्त विद्यार्थी संगठनले आज साँझ रुकुम पश्चिमको सदरमुकाम खलंगामा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

केन्द्रीय कार्यक्रमको सर्कुलर अनुसार नेकपा एमाले नेपाल निकटको अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले मुसीकोट खलंगा बजारमा संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेर कार्यक्रमलाई कोण सभामा परिणत गरेको हो ।

कोण सभाको सम्बोधन अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा र अनेरास्ववियुका केन्द्रिय सदस्य भावना शर्माले गरेका थिए । जुलुसमा सहभागिहरुले सरकारले अराजनीतिक,अवैध र जनविरोधी कदम चालिरहेको भन्दै उक्त विरुद्धमा विभिन्न नारावाजी समेत गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार