पञ्चदेवल फाउण्डेसन द्धारा कर्णली प्रदेशका विभिन्न जिल्लामा माक्स साबुन र सेनेटाईजर बितण

पञ्चदेवल फाउण्डेसन द्धारा कर्णली प्रदेशका विभिन्न जिल्लामा माक्स साबुन र सेनेटाईजर बितण

चैत २४ सुर्खेत
पञ्चदेवल फाउण्डेसन नेपालले कर्णाली प्रदेशको राजधानी सुर्खेत लगाएत दैलेख र अछाम जिल्लाका विभिन्न स्थानीय तहहरुमा कोरोना भाइरस बाट बचनको लागि आवश्यक सामाग्री वितरण गरेको छ ।

फाउण्डेसनले सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाका ३, ४ र ११ नम्बर वडाहरुमा र आईतबार अछामको तुम्राखाँद गाउँपालिकाको वडा नंं १, २, ३, ४ र ६ एवं पञ्चदेवल बिनायक नगरपालिका कार्यालय, बेलखेतको हेल्थ डेस्क र दैलेखको आठबिस नगरपालिका वडा नं. ४ मा सामाग्री वितरण गरेको हो ।

बिश्वब्यापी महामारी कोभिड १९ बिरुद्ध लड्न स्थानीय तहलाई सहयोग गर्ने हेतुले जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय पञ्चदेवल विनायक अछामलाई समेत हात धुने साबुन, कपडाको मास्क र सेनेटाईजर वितरण गरिएको फाउण्डेसनका अध्यक्ष ललित बहादुर शाहीले बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेसनका अध्यक्ष ललित बहादुर शाही, नेपाल बचत तथा ऋण केन्द्रीय शहकारी संघ लिमीटेड नेप्सकुन कर्णालीका कार्यालय प्रमुख छत्र धमला, फाउण्डेसनका सल्लाहकार बम बहादुर बि.सि.मिन बहादुर शाही र सदस्य एवं नेकपाका युवा नेता शिब बहादुर बि.सि.को उपस्थिती रहेको थियो ।

यस्तै फाउण्डेशनले एक सार्वजनीक अपिल जारी गर्दै कोभिड १९ बाट बच्न स्वस्थ फोक्सोको आवश्यकता पर्ने भएको हुँदा सुर्तीजन्य पदार्थको प्रयोग र मध्यपान तत्काल छोड्न आब्हान गरेको छ ।

चुरोट सुर्ती तम्बाखु र गुट्खा जस्ता पदार्थको प्रयोगले क्यान्सरजस्ता प्राणघातक रोग निम्त्याउने र मानिसको फोक्सोमा प्रत्यक्ष असर पु¥याउने हुँदा सुर्तीजन्य पदार्थको प्रयोगलाई तत्काल छाड्न आब्हान गर्दछौँ फाउण्डेसनद्धारा जारी अपिलमा भनिएको छ ।

फाउण्डेसनले मदिरा पिउने ब्यक्तिलाई कोभिड संक्रमण हुँदैन भन्ने भ्रामक हल्लाको पछी नलाग्न र मध्यपान समेत तत्काल छोड्न अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार