महिलाहरुलाई गुडिया तथा सजावटका सामान निर्माणका लागि तालिम

महिलाहरुलाई गुडिया तथा सजावटका सामान निर्माणका लागि तालिम

मुसिकोट । ‘सीप सिकौ आत्मनिर्भर भनौ’ भन्ने नाराका साथ रुकुम पश्चिमको मुसिकोटमा गुडिया तथा सजावटका सामान निर्माण सम्बन्धि १५ दिने तालिम सम्पन्न भएको छ
। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा सञ्चालन भएको उक्त तालिम बुधबार समापन गरिएको कार्यालयले जनाएको छ । कार्यालयको लक्षित वर्ग
उद्यम विकास कार्यक्रम अन्तर्गत १३ जना महिलाहरुलाई उक्त तालिम दिईएको कार्यालयका प्रमुख मोहन कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार
महिलाहरुलाई आत्मनिर्भर बनाई उनीहरुको आयआर्जनमा बृद्धि गर्ने उद्धेश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिम समापन समारोहमा कार्यालय प्रमुख केसीले तालिमको क्रममा बनाईएका सामाग्रीहरु गुणस्तरिय र आकर्षक रहेको जनाउनुभयो । उहाँले सिकेको सीपलाई प्रमाण पत्रमा मात्र सिमित नराख्न अनुरोध गर्नुभयो । तालिममा सहभागी महिलाहरुलाई बिभिन्न जनावरहरु कुकुर, पाण्डा, खरायो लगायतका गुडियाहरु निर्माण गर्नु सिकाउनुका साथै बिभिन्न आकारका सजावटका सामाग्रीहरु, कुसनहरु बनाउन सिकाईएको तालिमका प्रशिक्षण यामुकुमारी पुनले बताउनुभयो ।

प्रशिक्षक पुनका अनुसार यो तालिम प्रथम लेवलको तालिम रहेको छ। तालिम समापन कार्यक्रममा सहभागिहरुले बनाएका बिभिन्न गुडिया तथा सजावटका सामाग्रीहरु प्रदर्शन गरिएको थियो । तालिममा मुसिकोट नगरपालिका वडा नम्वर २, ३ र ४ का प्रतिनिधि महिलाहरुको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार