गाँजाले अपराध बढाउने होइन, अपराध घटाउने गर्छ

गाँजाले अपराध बढाउने होइन, अपराध घटाउने गर्छ

गत आइतवार तुलसीपुर उपमहानगरपालिकाको एउटा होटलको सभाहलमा एक हुल युवाहरुको एउटा यस्तो कार्यक्रम चलिरहेको थियो, त्यसलाइ उनीहरुले नेपाल गाँजा बैधानिक महा अभियान नेपाल नाम दिएका थिए ।

खासगरी लागु औषधका पूर्व दुव्र्यसनीहरुको बाहुल्यता त्यहाँ देखिन्थ्यो ।

छेउछेउमा हरिया गाँजाका पातको चित्र अंकित व्यानरमा लेखिएको थियो, ‘जय देश, जय चरेश’ । अभियन्ता जोसेप मदन कोइरालाले भनिरहेका थिएकी, कपडा, औषधि र तेल गाँजाकै बोटबाट निर्मित बस्तुहरु हुन् ।

असारमा प्रतिवन्ध छैन, तेलमा प्रतिवन्ध छैन, अनि गाँजाबाटै बनेका औषधिहरुमा प्रतिवन्ध छैन, भने गाँजा खेतिमा किन प्रतिवन्ध लगाइरहन्छ हाम्रो सरकार ?

हो, गाँजा खेतिलाई पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले लागु औषधको सुचिबाट समेत हटाइ सकेको मैले जानकारी पाएको छु । अनि यी अभियन्ताहरुले नेपालमा अभियान चलाएको पनि धेरै समय भइसकेको छ । यो विषयमा विधेयक समेत संदन टेवुल भइसकेको छ ।

तर, सरकारले यसलाई अझै बैधानिकता नदिएकोमा अभियन्ताहरुले गुनासो मात्रै पाखेनन्, यसलाई नागरिक दवावबाट पास गराउने समेत अठोट सुनाइरहेका थिए ।

उनीहरुले गाँजा र चरेशमा समृद्धि खोजिरहेका स्पष्ट हुन्थ्यो । त्यही गाँजाबाट औषधि बनाउने उद्योगहरु प्रतिवन्धित छैनन् । त्यही गाँजाबाट कछाड(भाङग्रो) बनाउने ताना प्रतिवन्धित छैनन् । तर, व्यवसायिक रुपमा खेतिमा किन राज्य उदार बन्न सकेन ?

कसैले नसाकै रुपमा सेवन गर्ला, तर, महंगो शुल्क तिरेर त सेवन गरीरहेकै हुन्छ, वोर्डर पारीबाट ल्याएर भएपनि । यदी गाँजा खेतिलाई बैधानिक गर्न सकेको भए त विदेशीहरु वारीमै आएर महंगोमा गाँजा खरिद गरेर लैजान सक्थे नी ?

हो, उनीहरु पूर्व दूव्र्यसनीहरु हुन् । उनीहरुलाई थाँहा छ, लागु औषध दुव्र्यसनीले खासमा गाँजामा चित्त बुझाउंदैन अर्थात त्यो भन्दा निकैमाथि पुगेका हुन्छन्, दुव्र्यसनीहरु ।

धेरै उच्च कोटीका लागु औषधहरु त अरु छन्, जुन वोर्डर पार गर्ना साथ सहजै किन्न पाइन्छ । तर सरकार किन गाँजा खेतिमा प्रतिवन्ध लगाइरहेको छ ? उनीहरु यही अभियान लिएर मेची महाकाली यात्रामा छन् ।

उनीहरुको आशय गाँजा खेति गर्नु पर्दछ, बालकदेखि युवा हुंदै बृद्धसम्मले गाँजा चरेश खानुपर्छ भन्ने अवस्य थिएन् ।

उनीहरुले त जसलाई ती बस्तुहरु आवस्यक पर्दछ, बैधानिक रुपमा नेपालबाट खरिद गरेर लैजान सकुन्, अनि विदेशी मुद्रा आर्जन गर्न सकियोस भन्ने थियो ।

पहिले गाँजाको महत्व सिकाएर बैधानिक बनाउने कि ? गाँजा खेतिलार्य बैधानिक बनाएर गाँजा उत्पादन खोल्ने ? भन्ने मात्र वहश हुनुपर्छ भन्ने उनीहरुको मान्यता थियो ।

सायद, यसै साता उनीहरुले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई पनि सो विषयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेका छन् । उनीहरुको अर्को तर्क पनि थियो, गाँजा एउटा जीवनशैलीसंग जोडिएको छ ।

गाँजाले अपराध बढाउने होइन, अपराध घटाउने गर्छ । दरवारदेखि महलसम्म प्रयोग हुने लागु औषध त अरु हुन्, गाँजा होइन ।

गाँजा बैधानिक महाअभियानका अर्का अभियन्ता राजिव काफ्लेको भनाइमा त विश्वका कतिपय मुलुकमा गाँजालाई बैधानिक बनाउने वा नबनाउने भन्ने सवालमा जनमत संग्रह समेत भइसकेको छ ।

जसलाई लागुऔषधका विषयमा कुनै अनुभव नै छैन भने त्यस्तो कर्मचारीले ड्राफ्ट गरेको कानुन कस्तो बन्ला ? भन्ने उनको जिज्ञासाले मेरोपनि गम्भीर ध्यानाकर्षण नभएको होइन, तर मैले क्रश कोइसन गर्न चाहिन ।

राजिव काफ्लेको अर्कोपनि गहन प्रश्न थियो,– तपाँइको दाङको बजारमा गाँजा पाउन मुस्किल हुने छ, तर, सेतो हिरोइन पाउन भने धेरै सहज हुने छ । जवसम्म गाँजाले बैधानिकता पाउने छैन ।

लागु पदार्थ ऐनलाई पुनरावलोकन गरौं, गाँजा खेतिलाइ बैधानिक एवं व्यवसायिक बनाऔं भन्दै उनले आफ्नो अभिव्यक्ति छोट्याएका थिए । विश्वका कतिपय मुलुकले गाँजा खेतिबाट मात्रैपनि धेरै आर्थिक समृद्धि हासिल गरेको उनको तर्क थियो ।

हो, मैले त्यही कुरा सम्झिए । फोर्टिनाइन चोक नजिकैका एक जना किसानले पालेको बाख्रालाई पखाला लागेकावेला एग्रोभेटको इन्जेक्शनले काम गरेन । अन्ततः वाख्राको पखाला निको पार्नपनि उनले वाख्रालाई गाँजा खुवाउनु परेको थियो । तर, त्यही गाँजा चरेश नेपालमा अबैध छ ।

संसदमा पुगिसकेको यो बहस र संबन्धित विधेयक विचाराधिन छ । त्यसमा म धेरै जान चाहान्न ।

अबैध भएरपनि त गाँजा खेति लुकिछिपि चलेकै छ नि, छैन र ?

यही कारोवारमा थुप्रै भरियाहरुले कारावास सजाय भोगिरहहेका छन् । सायद दाङ जिल्लाका पनि त्यस्ता धेरै छन् । कारोवारी कँहा छन् ? पत्तो छैन ।

रोल्पा, रुकुम र सल्यानबाट ल्याइएको थुप्रै गाँजा चरेश दाङ र बाँकेमा पक्राउ पर्छ । तर पक्राउ नपरेका घटनाहरु पनि त धेरै होलान ? हो, निगमन गर्न सके गाँजा खेतिलाई राज्यले बैधानिक रुपमा चलाउनु पर्दछ भन्ने मेरोपनि एउटा धारणा बन्यो ।

किनकि, यहाँ त गाँजाले भन्दा त अन्य धेरै लागुऔषधहरुले दुव्र्यसनी बढाएको अवस्था छ । प्रतिबन्धित गाँजाको अवस्था त यहाँ डेट एक्सपायर्ड लागुऔषध…जस्तै छ ।

हो, गाँजा चरेश त सरकारले प्रतिवन्ध लगाएको व्यापार न हो ?

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार