राससको प्रधानसम्पादकमा एकराज पाठक

राससको प्रधानसम्पादकमा एकराज पाठक

काठमाडौं । नेपालको सबैभन्दा पुरानो न्यूज नेटवर्क राष्ट्रिय समाचार समितिको प्रधानसम्पादकमा एकराज पाठक नियुक्त हुनुभएको छ । राससमा वरिष्ठ कार्यकारी सम्पादकका रुपमा कार्यरत पाठकलाई रासस बोर्ड बैठकले प्रधानसम्पादकका रुपमा नियुक्त गरेको हो ।

पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ । यतिबेलासम्म उहाँ राससको आलेख शाखाको प्रमुखमा कार्यरत हुनुहुन्छ । विसं २०३१ फागुनमा बागलुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको थियो ।

उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उहाँले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकसमेत लेख्नुभएको छ । उहाँले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ ।

यसैबीच रासस बढुवा तथा पदपूर्ति समितिले राजु शाक्य, श्याम रिमाल र सोमनाथ लामिछानेलाई नायव महाप्रबन्धक पदमा बढुवा गरेको छ । त्यस्तै प्रमुख समाचारदातामा कृष्ण अधिकारी नियुक्त हुनुभएको छ । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार