प्रदेश २ नेपाली कांग्रेसद्वारा ४० लाख प्रदान

Corona-Ad-Raptisonari

प्रदेश २ नेपाली कांग्रेसद्वारा ४० लाख प्रदान

Florence Ad

चैत २४ जनकपुर

प्रदेश २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेसले आज ४० लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ ।

कांग्रेसका प्रदेश २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट कांग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति थियो ।

त्यस्तै कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी दिए । –रासस

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad