रुकुम पश्चिमका खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिने

रुकुम पश्चिमका खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिने

मुसिकोट । रुकुम पश्चिममा स्वास्थ्य संस्थाहरुबाट सञ्चालन भएका खोप केन्द्रमा स्वयंसेवक परिचालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाले कोभिड-१९ विरुद्धको तेस्रो चरणको खोप अभियानमा सहयोगको लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

प्रत्येक खोप केन्द्रहरुमा एक/एक जना स्वयंसेवक रेडक्रसले सहयोगको लागि खटाउने नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम जिल्ला शाखाका मन्त्री टेक बहादुर खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्वयंसेवकहरुले खोप लगाउनको लागि सरकारले उमेर निर्धारण गरेका व्यक्तिहरुलाई खोप लगाउन उत्साहित गर्नुका साथै खोप केन्द्र सम्म आउन नसक्ने व्यक्तिहरुलाई खोप केन्द्रमा ल्याएर खोप लगाउने व्यवस्था गर्ने बताएको छ ।

यसका साथै स्वयंसेवकहरुले गाउँमा खोपको बारेमा जानकारी गराउने छन । जिल्लाका ६ पालिकाका १० वटा खोप केन्द्रहरुमा स्वयंसेवक परिचालन गरिने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका कोषाध्यक्ष यज्ञ बहादुर केसीका अनुसार खोप अभियानमा १५ जना स्वयंसेवक परिचालन गरिएको छ । यो अभियान भदौ १५ गते सम्म सञ्चालनमा रहने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार