देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपा सचिवालय बैठक भोलि बस्ने

देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपा सचिवालय बैठक भोलि बस्ने

नेकपा सचिवालय बैठकको फाइल तस्बिर ।

काठमाडौँ — कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको छ ।

चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो ।

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए । पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्।

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेका छन्। सचिवालयका नेताहरुको मागपछि बैठक बोलाउने विषयमा शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार