कांग्रेस महामन्त्री खड्काको पहलमा सल्ले अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कांग्रेस महामन्त्री खड्काको पहलमा सल्ले अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

संगम देवकोटा । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । अस्पताललाई दुई वटा १० लिटरको अक्सिजन कन्सन्ट्रेक्टर सहयोग गरिएको छ ।

कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि पूर्व गृहमन्त्री एवंम नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको पहलमा नेपाल चिकित्सक संघको सहयोगमा उपलब्ध अक्सिजन कन्सन्ट्रेक्टर सोमबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापनि प्रेम प्रकाश ओली, पूर्व राज्य मन्त्री गोपालजी जङ शाह, पूर्व पार्टि सभापति एवं राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मान बहादुर नेपाली, केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्थान सदस्य कृष्ण बहादुर रोकाय लगाएतको टिमले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिष्णु बुढाथोकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका कोषाध्यक्ष मोहबिर खड्का, क्षेत्रीय सभापति सुरतजङ मल्ल, नेपाली काँग्रेस मुसिकोट नगर सभापति मेहेन्द्र केसी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लाल बहादुर ओली, नेकपा रुकुमका नेता नरेन्द्र विक लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार