रुकुम जिल्ला अदालतमा ३१७ वटा मुद्धा फर्छ्यौट

रुकुम जिल्ला अदालतमा ३१७ वटा मुद्धा फर्छ्यौट

रुकुम जिल्ला अदालत रुकुम (पश्चिम)

मुसिकोट । रुकुम जिल्ला अदालत रुकुम (पश्चिम) मा मुद्दाको चाप बढ्दैं गइरहेको छ । मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट भने सोही अनुपातमा बढ्न सकेको छैन ।
रुकुम जिल्ला अदालत रुकुम (पश्चिम) ले आर्थिक वर्ष २०७७/०७८ मा ३ सय १७ वटा मुद्धा फर्छ्यौट गरेको छ। अदालतमा जम्मा दर्ता भएका ६ सय २० वटा मुद्धा मध्य ३ सय १७ वटा मुद्धा फर्छ्यौट भएको र चालू आर्थिक वर्षमा फछ्र्यौट हुन नसकेका ३ सय ३ वटा मुद्धा आगामी आर्थिक वर्षको जिम्मेवारीमा सरेको श्रेष्तेदार (उप–सचिव) कृत बहादुर बोहराले जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा केहि कम मुद्धा फछ्र्यौट भएको श्रेष्तेदार बोहराले जानकारी दिनुभयो। जिल्ला अदालत रुकुम पश्चिममा आर्थिक वर्ष २०७७/०७८ मा २३ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएको छ। चालू आर्थिक वर्ष दर्ता भएका जवरजस्ती करणीका मुद्धा मध्य ९ वटा फर्छ्यौट भएको र १४ वटा फर्छ्यौट बाँकी रहेको श्रेष्तेदार बोहराले बोहराले जानकारी दिनुभयो।

जिल्लामा सम्वन्ध बिच्छेद गर्नेको संख्या पनि बढ्दो रहेको पाइएको छ। आर्थिक वर्ष २०७७/०७८ मा २ सय ६७ वटा सम्वन्ध बिच्छेदका मुद्धा दर्ता भएकोमा १ सय ५५ वटा फर्छ्यौट भएका र १ सय १२ वटा फर्छ्यौट गर्ने बाँकी रहेका छन ।

यस्तै, कर्तव्य ज्यानतर्फ आर्थिक वर्ष २०७७/०७८ मा ९ वटा मुद्धा दर्ता भएकोमा ३ वटा फर्छ्यौट भएको र ६ वटा फर्छ्यौट गर्ने बाँकी, ज्यान मार्ने उद्योग तर्फ १३ वटा मुद्धा  दर्ता भएकोमा ७ वटा फर्छ्यौट ६ वटा बाँकी, आत्महत्या दुरुत्साहन तर्फ ३ वटा मुद्धा दर्ता भएकोमा १ वटा फर्छ्यौट र २ वटा बाँकी रहेका छन । बहुबिवाह तर्फ पनि १४ वटा मुद्धा दर्ता भएकोमा ८ वटा फर्छ्यौट भएका छन भने ६ वटा फर्छ्यौट गर्ने बाँकी रहेका छन ।

अदालतका अनुसार जबर्जस्ती करणी तर्फ २३ वटा मुद्धा दर्ता भएकोमा ९ वटा फर्छ्यौट भएका छन भने १४ वटा बाँकी रहेका छन । यसका साथै आर्थिक वर्ष २०७७/०७८ मा हाडनाता करणी सम्बन्धि २ वटा मुद्धा दर्ता भएकोमा २ वटै फर्छ्यौट हुन बाँकी रहेको श्रेष्तेदार बोहराले जानकारी दिनुभयो। लागुऔषध ओसारपसार तर्फ १७ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छ्यौट भएको र ७ वटा फर्छ्यौट गर्ने बाँकी रहेका छन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार