रुकुम पश्चिममा एक महिलाको हत्या

रुकुम पश्चिममा एक महिलाको हत्या

मुसिकाेट । रुकुम  पश्चिममा एकजना महिलाकाे हत्या भएको छ । जिल्लाकाे त्रिबेणि गाउपालिका- ४ छहरे मा अन्दाजी २६ वर्ष कि मनिसा खड्काकाे गएराति घरमै हत्या भएको छ । भैसीलाई घास हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयाेग गरि हत्या भएको स्थानीयबासीले बताएका छन् । मृतकको श्रीमान वैदेशिक राेजगारीकाे सिलसिलामा देश बाहिर रहेको बताइएको छ ।

प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेकाे बताएको छ । हत्यामा कसको संलग्नता हाे अहिलेसम्म केही खुलेको छैन । घटनाको अनुसन्धानकाे लागि रुकुम पश्चिमका डिएसपी धुव्र कुमार श्रेष्ठ नेतृत्वको  टाेलि घटना स्थल पुगेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार