मनकलाको विभत्स हत्या : काँग्रेस रुकुम पश्चिम द्धारा दुःख व्यक्त

मनकलाको विभत्स हत्या : काँग्रेस रुकुम पश्चिम द्धारा दुःख व्यक्त

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर ४, की २६ वर्षीया मनकला खत्री खड्काको विभत्स हत्या भएको छ । सोमबार राती घर नजिकै रहेको भैंसी गोठमा गएर फर्कने क्रममा मनकलामाथी आक्रमण भएको र त्यसपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ । उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकामा धारिलो हतियारको गहिरो चोट छ भने एउटा कान पूरै काटिएको छ अर्को कान च्यातिएको अवस्थामा छ ।

यस्तै रुकुम पश्चिमको त्रिवेणि गाउँपालि वडा नम्बर ४ मा भएको घटनाप्रति नेपाली काँगे्रेस रुकुम पश्चिमले दुःख व्यक्त गरेको छ । मंगलबार सामाजिक सञ्चाल माफर्त नेपाली काँग्रेस रुकुम पश्चिमले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलिले जारी गर्नुभएको विज्ञप्तीमा समाजमा दिनानुदिन बढदै गएको अराजकता, दम्भ, अहड्ढार र बढ्दो दण्डहीनता नै यस्तो अपराधिक घटनाको कारक भएको ठहर रहेको उल्लेख गरिएको छ ।

आफ्नो घर आगन मा महिला सुरक्षित हुन नसक्नु निकै दुःखद र निन्दनीय कुरा हो समाजमा दिनानुदिन हुने महिला हिँसाका घटना ले सम्पुर्ण समाजलाइ नै स्तब्ध बनाएको छ विज्ञप्तीमा भनिएको घटना रहस्यमय र सङकासपत भएकाले अनुन्धानको दायरा फराकिलो पारी त्रसित र आतङकित समाजमा शान्ति सुरुक्षा को प्रत्याभूत गराउन नेपाल सरकार र स्थानीय प्रशासन सँग जोडदार माग गरिएका छ ।

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार