सानीभेरी गाउँपालिकाले भन्यो- वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कार्वाही होस

सानीभेरी गाउँपालिकाले भन्यो- वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई कार्वाही होस

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आफनो वडा अध्यक्षको आक्रमण गर्नेलाई कार्वाहीको दायरामा ल्याउन माग गरेको छ । बुधबार गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ गाउँपालिकाको वडा नं ८ का वडा अध्यक्ष शसिराम बुढाथोकीमाथी मंगलबार दिउँसो नेकपा कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले चन्दा मागेको र नदिएपछी भौतिक रुपमा आक्रमण गर्नु निन्दनिय छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुनको हस्ताक्षरमा जारी भएको प्रेस विज्ञप्तीमा विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले वडा अध्यक्ष बुढाथोकीलाई तोकेरै तीन लाख चन्दा मागेको र चन्दा दिन नसक्ने बताएपछि होटलमा बोलाएर दुर्व्यवहार  भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कानूनी कारबाहीको माग समेत गरेको छ । मंगलबार दिउसो सिम्ली बजारमा वडा अध्यक्ष बुढाथोकीलाई चन्दा नदिएको निहुमा कुटपिट गरेपछी स्थानीयले २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार