रुकुम पश्चिममा ४५२३ नागरिकता वितरण

रुकुम पश्चिममा ४५२३ नागरिकता वितरण

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अघिल्ला आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा केहि मात्रामा बढी नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार आर्थिक वर्ष ०७६/७७ को तुलनामा गत वर्ष ०७७/७८ को अवधिमा १ हजार ६ सय २८ बढी नयाँ नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्मिको तथ्याङ्कमा ०७७/७८ मा ४ हजार ५ सय २३ नयाँ नागरिकता वितरण गरिएको छ भने ०७६/७७ मा २८ सय ९५ नयाँ नागरिकता वितरण गरिएको छ ।

आव ०७७/७८ को अवधिमा नागरिकता प्रतिलिपी २३ सय ४ र नाबालक परिचयपत्र १ सय ४२ जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभएको छ । सोही अवधिमा राहदानी नियमिततर्फ ६ सय ४०, राहदानी द्रुत सेवा १४ सय २६ , मुद्दा दर्ता २८, फैसला २४, नयाँ सङ्घ संस्थान दर्ता १६ र नविकरण ३१ वटाको गरिएको उल्लेख छ ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी शिवाले विभिन्न शिर्षकमा ३४ लाख ७३ हजार १ सय २० राजश्व संकलन भएको जानकारी दिनुभएको छ। यो रकम गत बर्षको तुलनाका केहि बढी हो।

यसका साथै राष्ट्रिय परिचयपत्र वितरणको लागि २ हजार ७ सय ८ जनाको विवरण दर्ता गरिएको छ । जसमा महिलाको भन्दा पुरुषको बढी रहेको छ । राष्ट्रिय परिचय पत्र दर्ता गराउने महिलाको संख्या ७ सय ८१ र १९ सय २७ पुरुष छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार