रुकुम पश्चिममा ‘तपाईको मास्क खै त हजुर’ अभियान सुरु

रुकुम पश्चिममा ‘तपाईको मास्क खै त हजुर’ अभियान सुरु

मुसिकोट । रुकुम पश्चिममा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै त हजुर’ अभियान सुरु गरिएको छ । ‘म पनि मास्क लगाउछु, अरुलाई पनि मास्क लगाउन प्रेरेरित गर्छु’ भन्ने अभियानका साथ सामुदायिक प्रहरी साझेदारी अवधारणा” कार्यक्रम अनुरुप खलंगा बजारमा ‘तपाईको मास्क खै’ त हजुर अभियान सुरु गरेको हो ।
कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि‘तपाईको मास्क खै त हजुर’  अभियान चलाइएको हो ।

कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहर फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै ‘तपाईको मास्क खै’ अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभएको छ । यो अभियानलाई आज बाट जिल्लाका सबै कार्यालयमा सेवा लिन आउने सेवाग्राहिलाई माक्स लगाउन अनुरोध गर्न नलगाए आए उपलब्ध गराउनुका साथै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सञ्चालन गरिने भएको छ ।

अभियान अन्तर्गत सुरुको दिन मास्क नलगाई हिड्नेलाई मास्क बितरण गरिएको र अन्य दिनहरुमा मास्क नलगाई हिड्नलाई कारवाही गरिने भएको छ । बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको हो ।

लकडाउन खुलेपछि मानिसले मास्कको प्रयोग गर्न छाडेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोगका लागि सचेतनामुलक कार्यक्रम थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम सुरु गरिएको छ । आइतबार उक्त अभियानमा मुसिकोट नगरपालिका, जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम, उद्योग बाणिज्य संघ रुकुम पश्चिम र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र बिभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक प्लेकार्ड सहित मास्क वितरण गर्दै बजार परिक्रमण गरिएको थियो ।

रुकुम पश्चिममा साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । हालसम्म जिल्लामा ८ हजार ३ सय ३१ जनाको कोरोना परिक्षण गर्दा २७ सय ४३ जना संक्रमित भएकोमा ३३ जनाको मृत्यु भएको छ । हालसम्म २५ सय ५३ जना उपचार गरेर निको भएका छन भने हाल ८७ जना सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा हाल सक्रिय संक्रमित मध्ये मुसिकोटमा ३५, आठबीसकोटमा २४, त्रिवेणीमा २० र चौरजहारीमा ८ जना रहेका छन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार