मुसिकोटमा ९३९७ लाई कोरोना विरुद्धकोे खोप लगाइयो

मुसिकोटमा ९३९७ लाई कोरोना विरुद्धकोे खोप लगाइयो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ९ हजार बढि मानिसलाई कोरोना बिरुद्धको खोप लगाइएको छ । महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न मुसिकोट नगरपालिकामा बिहीबार सम्म ९ हजार ३ सय ९७ जनालाई कोरोना बिरुद्धको खोप लगाइएको हो ।

गत २०७७ माघ १४ गतेदेखि पहिलो पटक कोरोना बिरुद्धको खोप अभियान शुरु गरेको नगरपालिकामा श्रावण २७ गते बिहीबारसम्म ९ हजार ३ सय ९७ जनालाई खोप लगाइएको नगरपालिका अन्तरगत स्वास्थ्य शाखा प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोभिशिल्ड खोप २ हजार ८ सय ९१, भेरोशिल खोप ४ हजार ५ सय ११ र जेनसेन खोप १ हजार ९ सय ९५ जनालाई लगाइएको छ ।

अहिले सम्म तीन चरणमा तीन किसिमका खोप लगाइएकोमा ३ हजार ७ सय ४३ जनालाई भने भेरोशिल खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ ।

हालसम्म नगरपालिकामा ५० बर्ष भन्दा माथीका नागरिकहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बिभिन्न कार्यालयका कर्मचारीहरु, शिक्षक, यातायात क्षेत्रका कर्मचारी एबं ब्यबसायीहरु, गाडी चालकहरु र बिदेश जान लागेका, क र ख बर्गमा पर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखी कोरोना बिरुद्धको खोप लगाइएको मुसिकोट नगर प्रमुख देबीलाल गौतमले जानकारी दिनुभयो । यस्तै मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन नगर प्रमुख गौतमले आग्रह गर्नु भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार