पाँच दिनदेखि बेपत्ता दुईजना मृत अवस्थामा फेला

पाँच दिनदेखि बेपत्ता दुईजना मृत अवस्थामा फेला

जाजरकोट । पाँच दिनदेखि बेपत्ता जाजरकोटको कुशे गाउँपालिकाका दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कुशे गाँउपालिका ५ दमदालाका ४८ वर्षीय जीतबहादुर थापा र ५६ वर्षीय शाहीमल नेपाली मृत अवस्थामा फेला परेका हुन् ।

घरदेखि आधा घण्टाको दुरीमा रहेको खेतमा काम गर्न गएका उनीहरु पाँच दिनदेखि सम्पर्कविहीन थिए । कामबाट फर्किदै गर्दा खोला तर्ने क्रममा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा शुक्रबार खेतदेखि दुई सय मिटर तल खोलाको तिरमा शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिनुभएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउन थालिएको उहाँले बताउनु भयो । घटनास्थल सदरमुकाम देखि ३० किलोमिटर टाढा पर्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार