अस्पतालबाट भागेका कोरोना संक्रमित ६५ बर्षका बृद्धले भने तनाव धेरै भो

अस्पतालबाट भागेका कोरोना संक्रमित ६५ बर्षका बृद्धले भने तनाव धेरै भो

भारतको एक अस्पतालमा उपचाररत अवस्थामा भागेका एक जना कोरोना संक्रमित व्यक्ति आज फेला परेका छन ।

भारतको दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी नेपालको सुनसरी जिल्लाका ६५ वर्षीय जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा भागेपछि प्रहरी फेला पारेको छ ।

अस्पतालबाट भागेर उनी नेपाल छिरेको आशंका गरिएपनि ती व्यक्ति खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड(१९ को उपचार गरिने भएको छ ।

 

बागपतका प्रहरी प्रमुख यादवका अनुसार ती व्यक्ति लाई हामीले किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गछौ । चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्ने बताएको छ ।

यस अघि अस्पतालले कोरोना संक्रमित फरार भएपछि उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै समाचार त्यहाँको प्रहरीले तस्बिरसहितको अपिल सार्वजनिक गरेको थियो । बीबीसी / हिन्दुस्तान डटकमबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार