घर्तीलाई एक लाख ७० हजार रुपैयाँ सहयोग

घर्तीलाई एक लाख ७० हजार रुपैयाँ सहयोग

घोराही । अन्तरराष्ट्रिय रोल्पाली सेवा समाजले रोल्पा माडी गाउँपालिका– ४ रिजाबाङ निवासी पवित्रा  घर्ती मगरलाई एक लाख ७० हजार ९ सय ८९ रुपैयाँ सहयोग गरेको छ ।

गत असार २८ गते भिरबाट लडेर टाउँकामा गम्भिर चोट लागेकी घर्तीलाई सो रकम प्रदान गरिएको हो । समाजका केन्द्रीय उपाध्यक्ष टोपबहादुर पुन, केन्द्रीय सदस्य डिलाराम वली र समाजका दुबै सल्लाहकार जिके दङ्गालीले संयुक्तरुपमा सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी घर्तिको हालसम्म साढे ४ लाख रुपेयाँभन्दा बढी उपचारमा खर्च भइसकेको छ । घर्तीको परिवारको आर्थिक  अवस्था कमजोर भएकाले समाजले सहयोग हस्तान्तरण गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार