रुकुमका २१ सहित कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

रुकुमका २१ सहित कर्णालीमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

प्रतीकात्मक तस्बिर।

मुसिकोट । पछिल्लो २४ घण्टामा पश्चिम रुकुमका २१ सहित कर्णाली प्रदेशमा थप ९७ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ । ११७ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ४९ र २७८ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलबार सबैभन्दा धेरै सुर्खेतमा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै जुम्लामा २०, रुकुमपश्चिममा २१, कालिकोटमा ११ दैलेखमा ७, सल्यान र जाजरकोटमा ३/३ र हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य निर्देशक रविन खड्काले जानकारी दिनुभयो ।

यस्तै मंगलबार ६९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या ९०५ मा उक्लिएको छ। मंगलबार प्रदेशमा जुम्लामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।

यसैबीच रुकुम पश्चिममा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । संक्रमण बढेसँगै स्थानीय प्रशासनले भदौ १ गते देखि निषेधाज्ञा लागु गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार