ठुली दहमा पौडि खेल्ने क्रममा डुबेर दाजु भाइ बेपत्ता, खोजी कार्य जारी

ठुली दहमा पौडि खेल्ने क्रममा डुबेर दाजु भाइ बेपत्ता, खोजी कार्य जारी

मुसिकाेट । रुकुम पश्चिममा पौडी खल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन । शुक्रबार दिउँसो मुसीकोट नगरपालिका-७ ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दुई दाजु भाइ वेपत्ता भएका छन् । मुसीकोट नगरपालिका-१ सल्लेका भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ताहरुकाे अस्थायी प्रहरी चौकि साखबाट गएको टाेलिले खाेजी गरिरहेकाे छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले  दुई जना बेपत्ता भएको खवर आएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे टाेली घटनास्थल तर्फ गइरहेको जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार