सरकारी विद्यालयहरुको कार्यसम्पादन स्तर घट्यो

सरकारी विद्यालयहरुको कार्यसम्पादन स्तर घट्यो

गत वर्षको तुलनामा सरकारी विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार ५८ औं प्रतिवेदन सार्वजनिक गर्दै सरकारी विद्यालयहरुको कार्यसम्पादन स्तर घटेको औल्‍याएको हो ।

प्रतिवेदनको अनुसार कार्यसम्पादन परीक्षणमा लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थी संख्यालाई आधार लिई १३ उप क्षेत्रबाट ८९ सूचकका आधारमा पूर्णांक कायम गरी विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा स्तर घटेको पाइएको छ ।

२०७५ मा एक हजार ९९९ र २०७६ मा ९९६ विद्यालयको कार्यसम्पादनस्तर परीक्षण गर्दा सामुदायिक विद्यालहरुको औषत प्राप्तांक ६३ प्रतिशतबाट घटेर ६० प्रतिशत भएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार