जुन तस्वीरले धेरैलाई भावुक बनायो, को थिइन उनी ?

जुन तस्वीरले धेरैलाई भावुक बनायो, को थिइन उनी ?

शुक्रबारदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्बिरमा एक अचेत अवस्थामा रहेकी आमाको काखमा एउटा बालकलाई देख्न सकिन्छ । उक्त तस्बिरमा रहेकी महिलाको नाम धर्माकुमारी बटाला हो । २८ वर्षीया बटालको माइतीघर डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो । उनले रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ का दल बहादुर बटाला सँग बिहे गरेकी थिइन् ।

उक्त तस्बिर उनी रुकुम पश्चिमको राडीबाट बाँकेको नेपालगञ्जमा जाँदा रात्रीबसमा लिइएको हो । मुटु रोगी उनी थप उपचारका लागि ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार नेपालगञ्ज जाँदै थिइन् । उपचारका लागि गाउँबाट नेपालगञ्ज जाने क्रममा उनले विचबाटो बसमै ज्यान गुमाएकी थिइन् ।
उनको उपचारमा पहिला पनि ४ लाख भन्दा बढी खर्च भइसकेको बताउँदै श्रीमान भन्छन्, ‘मैलै नै उपचारका लागि बोलाएको थिए । शुक्रबार बिहान कोहलपुरमा भेट्न भनेर म पर्खिरहेको थिए । तर उनले बाटोमै ज्यान गुमाइ सकिछन् । रातिसम्म त फोनैमा कुरा भइरहेको थियो ठिकै थिइन तर के पो भएछ बाटोमै देह त्याग गरिछन् । बिहान आमा मृत अवस्थामा र छोरालाई रोइरहेको अवस्थामा फेला पारे ।

धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो। ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो । अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नकक्ने अवस्थामा थिइन’ एक यात्रुले भने ।

रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेपनि नमानेपछि आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो । त्यहीबेला एक यात्रुले भाइरल बनेको तस्बिर खिचेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार