रुकुम पूर्वमा २४४ वटा उद्योग दर्ता

रुकुम पूर्वमा २४४ वटा उद्योग दर्ता

रुकुमकोट । रुकुम पूर्वमा पछिल्लो समय लघु, घरेलु तथा साना उद्योगहरु स्थापना गर्नेहरुको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्रै घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा २ सय ४४ वटा उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा खुलेका उद्योग मध्ये सबैभन्दा बढी सिस्ने गाउँपालिकामा र सबैभन्दा कम भूमे गाउँपालिकामा छन् । सिस्ने गाउँपालिकामा मात्रै ११६ वटा साना उद्योग स्थापना गरिएको छ । गत बर्षमा पुथाउत्तरगंगा गाउँपालिकामा ७२ वटा र भूमे गाउँपालिकामा १४ वटा उद्योग स्थापना भएका छन ।

जिल्ला टुक्रिएर दुईवटा जिल्ला बनाइएपछि पूर्वी रुकुममा ११२ वटा उद्योग मात्रै थिए । हाल झन्डै पाँच सय उद्योग रहेको कार्यालयको तथ्याङ्क छ । खाद्यान्न, काठजन्य, ग्रिल, स्टिल, आल्मुनियम, अल्लो, कृषिजन्य, पर्यटनजन्य, ऊर्जा मुलक, सेवामुलक, सिलाइकटाइ, कापी, गार्मेन्टलगायतका कम लगानीमा सञ्चालन गर्न सकिने उद्योग खुलेको घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार