रुकुम पश्चिममा भदौ २३ गते काँग्रेसले वडा अधिवेशन गर्ने

रुकुम पश्चिममा भदौ २३ गते काँग्रेसले वडा अधिवेशन गर्ने

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको वडा अधिवेशन भदौ २३ गतेका लागि तोकिएको छ । केन्द्रीय तहको निर्देशन अनुसार भदौ १८ गते देखि २३ गते भित्रमा सम्पन्न गरिसक्नुपर्ने वडा अधिवेशन रुकुम पश्चिमका ७३ वटै वडामा एकैदिन गर्नेगरी २३ गतेका लागि तोकिएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।

जिल्लाका ६ स्थानीय तहका ७३ वटा वडामा मतदान अधिकृत पठाउन समय लागेको र केही वडामा क्रियाशिल सदस्यता छुटेकाले केहि समय पछि सारिएको सभापति ओलीले जानकारी दिनुभयो ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार