महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम

महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम

मुसिकोट । ओरेक रुकुमले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ। त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकाका अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम सदरमुकाम खलगांमा सम्पन्न गरेको हो।

विभिन्न महिला समुहका २५ जना महिलाहरु सहभागी तालिममा लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, द्वन्द्व व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो।

महिला मानव अधिकार रक्षक सन्जालका ब्यूझना पुन देबकोटा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, बारका अध्यक्ष गणेश हमाल, मुसीकोट नगरपालिकाका कानुनी अधिकृत ललीत बुढा, महिला शाखाका कमला मल्ल, रेडक्रस सभापती रमा गौतम ले तालिमको सहजिकरण गरेको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले जानकारी दिनुभयो ।

तालिमका सहभागीहरुले त्रैमासिक कार्ययोजना समेत तयार गरेको थिए। जसमा उनिहरु समुदायमा गएर महिला हिंसा, बाल विवाह, घरेलु हिंसा ऐन, महिला स्वास्थ्य जस्ता विषयमा अभिमुखिकरण सन्चालन गर्ने योजना रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार