अखिल (क्रान्तिकारी) मुसीकोटको अध्यक्षमा शर्मा

अखिल (क्रान्तिकारी) मुसीकोटको अध्यक्षमा शर्मा

मुसिकोट । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रूकुम पश्चिम मुसीकोट नगर कमिटीको अध्यक्षमा सुर्यप्रकाश शर्मा चयन हुनुभएको छ । संगठनको दोस्रो सम्मेलनले शुक्रबार शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सम्मेलनले शर्माको अध्यक्षतामा तीन जना पछि थप गर्ने गरी ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ । नगर कमिटीको उपाध्यक्षमा खिमला पुन, रेशम परियार, सचिवमा सन्तोष ओली, सह(सचिव देबबाबु देबकोटा, विमला बुढा र कोषाध्यक्षमा मेनुका खड्का रहेका छ्न ।

सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य एवं मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले उद्घाटन गर्नुभएको थियो । भाद्र २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा रहेको अखिल (क्रान्तिकारी) ले पालिका स्तरीय सम्मेलन गरिरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार