गजल

गजल

यो समय सँगसगै बेला बेला लुक्नुपर्ने छ हराउनु पर्ने छ ।

जुग यस्तै छ महासय तपाइलाइ नि आफ्नो गराउनु पर्ने छ ।

 

के भनौ आमालाइ छाता किनेर टारेको बर्षौ बर्ष बितिसकेछ

हेर्नुहोस यसपाला बर्खा नलाग्दै घरको छाना छाउनु पर्ने छ ।

 

छोराहरु जवानी बोकेर भक्खरै गाउबाट प्रदेशमा होमिएका छन

अब कति बेला छोराको खबर बज्ला भन्दै बा हरु डराउनु पर्ने छ ।

 

नेताजिले आज फेरी बार्दलीबाट ह्विप लाउदै सिधा निर्देशन दिनु भो

तपाइहरु सब मण्डला झर्नुहोस एकछिन एकसाथ कराउनु पर्ने छ ।

 

यहाँ दुखाईहरुको पनि वर्गीकरण हुन्छ तौल हुन्छ स्तर सम्म नापिन्छ

चुप लाग ए फगतका घाउहरु तिमी अझ कयैन दिन चहराउन पर्ने छ ।

(गजलकार खड्का रुकुम पश्चिम निबासी हुन)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार