मादीमा एकै परिवारका ६ जनाको हत्या

krishi
Duduwa Corona

मादीमा एकै परिवारका ६ जनाको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार ६ जनाको हत्या भएको हो। एक जना घाइते रहेको उनले बताए।

६ जनालाई धारिलो हतियारले हानेर मारेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ, उनले भने, एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।

मादी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।

 

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार