​​​​​​​गृह मन्त्रालयको कार्यसम्पादनमा रुकुम पश्चिम दोस्रो

​​​​​​​गृह मन्त्रालयको कार्यसम्पादनमा रुकुम पश्चिम दोस्रो

काठमाडौं । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम देशभरमा दोस्रो भएको छ । कार्यसम्पादन मुल्यांकनमा सात वटै प्रदेशका ७७ जिल्लामध्ये झापा, अर्घाखाँची र रुकुम पूर्व अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका छन् ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखले गरेको मुल्यांकन अनुसार ति जिल्ला अति उत्कृष्टसहित प्रथम बन्न सफल भएका हुन् ।

मन्त्रालयका अनुसार ललितपुर र रुकुम पश्चिम उत्कृष्ठ कार्यसम्पादनसहित दोस्रो र गुल्मी तेस्रो स्थानमा पर्न सफल भएको मन्त्रालयको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाले जनाएको छ ।

कार्यसम्पादनमा अव्बल देखिएका जिल्लालाई प्रदेशस्तरिय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने महाशाखा प्रमुखसमेत रहेका मन्त्रालयका सहसचिव कमल ढकालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

कार्यसम्पादन सम्झौतको ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको समग्र मापनका आधारमा मल्यांकन गरिएको मन्त्रालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार