एमाले रुकुम पूर्वको जिम्मेवारी हेरफेर,अध्यक्षमा ओली

एमाले रुकुम पूर्वको जिम्मेवारी हेरफेर,अध्यक्षमा ओली

रुकुमकोट । नेकपा एमाले रुकुम पूर्वको कमिटी हेरफेर गरेको छ । पार्टीको प्रदेश कमिटि बैठकले प्रदेश कमिटि सहित १२ वटै जिल्लाको नेतृत्व चयन गरेको छ । जसअनुसार रुकुम पूर्वको अध्यक्षको जिम्मेवारी ओलीले पाउनुभएको हो ।

पार्टी जिल्ला कमिटिको उपाध्यक्षमा रुजिधन घर्तीमगर, सचिवमा लिलामणि गौतम र उपसचिवमा तेजेन्द्र बुढामगर रहनुभएको छ । पार्टीको १० बुँदे सम्झौता कार्यन्वयन गर्दै प्रदेश कमिटि सहित जिल्ला कमिटि निर्माण भएको नेकपा एमाले रुकुम पूर्वले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार