यी हुन् माओवादी केन्द्र रुकुम पश्चिमका पालिका इन्चार्ज

यी हुन् माओवादी केन्द्र रुकुम पश्चिमका पालिका इन्चार्ज

मुसिकोट । नेकपा (माओवादी केन्द्र) ले रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाहरुमा ईञ्चार्ज तोकेको छ । कात्तिक ६ गते स्थानीय तहको सम्मेलन गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले जिल्लाका ६ वटै पालिकाको ईञ्चार्ज तोकेको हो ।

पार्टिको केन्द्रीय समितिको निर्णय अनुसार टोल, वडा र पालिकाको सम्मेलन गर्ने गरी तयारी गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले जानकारी दिएको छ ।

मुसीकोट नगरपालिकामा बुद्धिप्रसाद शर्मा, आठबीसकोट नगरपालिकामा गोर्खबहादुर केसी र चौरजहारी नगरपालिकामा पुष्प बादीलाई नगरपालिकाको ईञ्चार्ज तोकिएको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ले रुकुम पश्चिमले बाँफिकोट गाउँपालिकामा महेन्द्र केसी, सानीभेरी गाउँपालिकामा केदार बिष्ट र त्रिबेणि गाउँपालिकामा गणेश केसीलाई पालिका ईञ्चार्ज तोकिएको छ ।

पार्टीको जिल्ला समन्वय समिति बैठकले कात्तिक ६ गते एकैदिन ६ वटै स्थानीयतहको सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले भदौ मसान्तसम्म सबै पार्टी सदस्यता नविकरण गरी सक्ने, असोज १० गते टोल र २० गते वडाको सम्मेलन गर्ने गरी तयारी गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार