भारतमा पछिल्लो २४ घण्टामा थपिए ७७३ कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थपिए ७७३ कोरोना संक्रमित

चैत २६ काठमाडौ

भारतमा पछिल्लो २४ घण्टामा ७७३ कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवातले भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जानकारी दिएका छन् ।

उनले भने, “पछिल्लो २४ घण्टामा भारतमा ७७३ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या पाँच हजार १९० पुगेको छ ।”

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको बीबीसीले जनाएको छ । तर, वर्ल्ड मिटरमा भने कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १६४ पुगेको जनाएको छ ।

भारतमा हालसम्म उपचारपछि ४०२ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ ।  भारतीय समाचार एजेन्सीका अनुसार एक लाख १२ हजार २७१ को कोरोना परीक्षण गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार