आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाईदै

आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाईदै

आज ५७ औँ राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न सङ्घ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दै छन् ।

सरकारले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइँदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।

देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचबिखन तथा विद्यालय जान नपाउने बालबालिकाको सङ्ख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।

उनीहरूका अनुसार काठमाडौँमा सडक बालबालिकाको अवस्था पनि उस्तै छ । काठमाडौँसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्याङ्क छ ।

जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको सङ्ख्या १ करोड पाँच लाख ४६ हजार छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार