५३४ कैदी बन्दीको कैद मिनाह गर्न गृह मन्त्रालयको सिफारिस

५३४ कैदी बन्दीको कैद मिनाह गर्न गृह मन्त्रालयको सिफारिस

गृह मन्त्रालयले ५ सय ३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस गरेको छ । गृह मन्त्रालयले मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक सूचीमा नपरेका र असल चालचलन भएका ५ सय ३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

त्यस्तै गृह मन्त्रालयले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको पनि गृह मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रपतिले स्वीकृती दिएपछि उनीहरूलाई आममाफीका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार