रुकुममा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर

रुकुममा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर

मुसिकोट । रुकुममा सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । नेपाल पत्रकार महासंघ रुकुमको आयोजना र सूचना तथा प्रसारण विभागको समन्वयमा असोज २, ३ र ४ गते उक्त सिविर हुने भएको हो ।

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा घुम्ती सिविर सञ्चालन गरिने नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गरिने भएको हो ।

सो अवसरमा विभागका सेवा र कार्यभारका बारेमा पत्रकारबीच अन्तरक्रिया गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो । ‘दूरदराजबाट काठमाडौं जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सूचना तथा प्रसारण विभागको समन्वयमा सिविर गर्न लागेका हौँ,’ उहाँले भन्नुभयोे, ‘यस घुम्ती सिविरबाट धेरै पत्रकारहरु सहभागी हुनुहुने छ ।’

सञ्चार माध्यम दर्ता, नविकरण, पत्रकार प्रेस पास वितरण तथा नविकरण गर्न यहाँका पत्रकारहरु संघीय राजधानी काठमाडौ जानुपर्ने बाध्यता छ । महासंघले सञ्चार माध्यम दर्ता, नविकरण, पत्रकार प्रेस पास वितरण तथा नविकरण सिविर आयोजना गरेकोमा रुकुम पश्चिम र रुकुम पूर्वका पत्रकारहरुले खुसी व्यक्त गरेका छन् ।

पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनका लागि सञ्चार प्रतिष्ठानबाट पाएको नियुक्ती पत्र, सिफारिश, श्रमजीवी दरबन्दी विवरणलगायत आवश्यक कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।

यस्तै अध्यक्ष केसीका अनुसार उक्त सिविरमा सूचना तथा प्रसारण विभागले रुकुम पूर्व र रुकुम पश्चिमका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न पत्रकारिता तालिम समेत सञ्चालन गर्न थालिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार