ज्यामिरेमा एक पुरूषको शव फेला

ज्यामिरेमा एक पुरूषको शव फेला

मसिकोट । रूकुम पश्चिमको सानीभेरी नदीमा एक पुरूषको शव फेला परेको छ । मंगलबार सानीभेरी गाउँपालिका-३ ज्यामिरेमा सानीभेरी नदीको किनारामा अन्दाजी ३५/४० वर्षिय पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

नदीको किनारामा शव देखेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । प्रहरीलाई जानकारी भएपछि घटनास्थलमा पुगेको र मुचुल्का तयार पारिरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । शव चिनिने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार