काँग्रेस मुसिकोटको नगर सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

काँग्रेस मुसिकोटको नगर सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

मुसीकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापतिको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापतिको लागि बिरवल केसी, दिनेश खड्का, बालकुमारी गिरी, समिरजंग मल्ल र प्रेमबहादुर ओलीले सभापति पदको लागि उमेद्वारी दिनुभएको निर्वाचन समितिले जनाएको छ । ५ जनाको उम्मेदवारी दर्ता भएतापनि सहमति मार्फत नेतृत्व चयनको प्रयास भैरहेको छ ।

यसैगरी नगर उपसभापति पदको लागि लक्ष्मण कुमार शर्मा, टिकाराम ओली, रतिभान खड्का, छुम्का खड्का र तुला नरसिंह खड्काले उमेदवारी दर्ता गराउनुभएको छ ।

सचिव पदका लागि कालिबहादुर खड्का, सुर्य प्रकाश शर्मा, लिलाधार खड्का र सरिता चन्द मल्लले उमेदवारी दिनुभएको छ । त्यसैगरी सहसचिवमा जयबहादुर थापा, नेत्र गिरी, कालिबहादुर महतारा, धु्रव बिक्रम थापाले आफ्नो उम्मेदवारी दिनुभएको छ ।

मुसिकोटको अधिवेशन जिल्लाका अरु पालिका भन्दा बढी चासोका साथ हेरिएको छ । जिल्ला सदरमुकाम र बढी मात्रामा अगुवा नेताहरु केन्द्रित रहेकोले पनि बढी चासोको रुपमा रहेको बताईएको छ ।

स्थानीय तहको निर्वाचनमा मुसिकोटमा नेपाली काँग्रेसले झिनो मतले नेतृत्व गुमाएको कारण सहमतिमै जोड गरेर पार्टीको नेतृत्व चयन गर्नेतर्फ नेताहरु सक्रिय रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार